मेकअप आर्टिस्टमा ब्यस्त पार्वती

काठमाडौं,

हरेक सुटिङमा मेकअप आर्टिस्टको उत्तिकै महत्वपुर्ण भुमिका हुने गर्दछ । माछापुच्छ्रे्, ३, कास्कीमा बुवा लिलु लामिछाने र आमा भगवती लामिछानेको कोखबाट जन्मिएकी पार्वती भण्डारी (लामिछाने) करिब एक दशक देखी मेकअप आर्टिष्टको रुपमा ब्यस्त छिन् ।

उनले पिरतीको बन्धन, मायाको डोरी लगायत दर्जनौ गीतमा मेकअप गरिसकेकी छिन् । उनले नेपालका प्रतिष्ठित कलाकारहरु चन्द्र शर्मा, सरिता दानकोटी, चोलेन्द्र पौडेल, जिवन दाहाल लगायत थुप्रै कलाकारहरु म्युजिक भिडियोमा मेकअप आर्टिस्टको रुपमा काम गरिसकेकी छिन् ।

मोफसलमा रहेरपनि मेकअप आर्टिस्टको माध्यमबाट नेपाली सांगीतिक क्षेत्रमा उनले योग्दान दिएकी छिन् । उनी राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको आजिवन सदस्य, कास्की समाजको सदस्य पनि हुन् । आगामी दिनमा मेकअप आर्टिस्टको रुपमा रहेर नेपाली गीत संगीतको क्षेत्रमा योग्दान दिने सोच भएको उनले बताईन् ।

प्रकाशित मिति : २०८० साउन २ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस