कार्यक्रम सञ्चालकको रुपमा चर्चा बटुल्दै पौडेल

काठमाडौं,

बि.सं. २०४० साल फागुन १५ गते बुवा शिबदत्त पौडेल र आमा ईन्द्रायणीको कोखबाट जन्मिएका हरी प्रसाद पौडेल पछिल्लो समय कार्यक्रम सञ्चालकको रुपमा जम्दै आएका छन् । उनी सानै देखी कार्यक्रम सञ्चालन गर्नमा रुची राख्थे ।

उनी पर्वत जिल्ला जलजला गाँउपालिका वडा नं. ५ अन्यचौरमा जन्मिएका हुन् । फेवा रोधी घरमा केही महिना कार्यक्रम सञ्चालकको रुपमा काम गरिसकेका उनी हालः देशका बिभिन्न मेला महोत्सवहरुमा कार्यक्रम सञ्चालन गर्न ब्यस्त छन् । साथै उनले लायन्स क्लव, साँस्कृतिक समाज नेपाल लगायत थुप्रै संघ संस्थाहरुको कार्यक्रममा कार्यक्रम सञ्चालन गरिसकेका छन् ।

पौडेल राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका आजिवन सदस्य पनि हुन् । उनी बिभिन्न संघ संस्थामा आबद्ध छन् । आगामी दिनमा कार्यक्रम सञ्चालकको रुपमा छबी बनाउने उनको सोच रहेको कुरा बताए । साथै रियालिटी शो मा होस्टको रुपमा पनी काम गरेर अनुभब बटुल्ने चाहना ब्यक्त गरे ।

प्रकाशित मिति : २०८० साउन २ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस