मोडलको रुपमा चिनाउन कोरसमा जम्दै भण्डारी

काठमाडौं,

अञ्जु भण्डारी कोरस नृत्यको प्रचलित नाम हो । उनी रानीबारी, १९, रुपन्देहीमा जन्मिएकी हुन् । भण्डारीले एक दशक देखी कोरस नृत्यको माध्यमबाट नेपाली गीत संगीतको क्षेत्रमा योग्दान पुर्याउदै आएकी छिन् ।

वनको काफल वनकै चरिीलाई, डाँडैको चौतारी, पिरतीको गाँठो लगायत थुप्रै गीतहरुमा कोरस नृत्य गरेकी छिन् । भण्डारी देशका बिभिन्न स्थानमा हुने साँस्कृतिक कार्यक्रम, मेला महोत्सव, रियालिटी शो हरुमा आफ्नो प्रस्तुती दिईसकेकी छिन् ।

उनी नृत्य संघ रुपन्देही, राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल रुपन्देही शाखा, रुपन्देही समाज, राप्ती समाज लगायत थुप्रै संघ संस्थामा आबद्ध छिन् । भण्डारी भबिश्यमा आफुलाई मोडलको रुपमा चिनाउन संघर्षरत छिन् । सांगीतिक क्षेत्रमा अगाडी बढ्न घर परिवारको पनि साथ सपोर्ट रहेको कुरा पनि उनी बताउछिन् ।

प्रकाशित मिति : २०८० साउन २ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस