काठमान्डौं,
पछिल्लो समय सागितिक क्षेत्रमा बिभिन्न प्रकारका गित संगीतहरु बजारमा आउने क्रम जारी छन् । कुनै गितले दर्शकको अन्याधिक माया बटुलेर मन मुटुमा बसेका छन त कुनै लगानी डुबेर बसेका छन् ।
कसरी मान्ने त गित चलेको ?
मान्छेका आ-आफ्नै तर्क भएता पनि अहिलेको डिजिटल युगमा प्राय युटुबमा हेरेको आधारमा गित कतिको चल्यो त भन्ने होडबाजी चल्छ पछिल्लो समयमा बुस्ट गरेर भिउज बढाउने प्रतिस्पर्धा नै चलेको छ ।
यसै क्रममा सागर वलीको निर्देशनमा ‘बासुरी बजाउदै’ बोलको गित सार्बजनिक भएको छ ।
सागर वली र हरिकला बुढा मगरको आवाजमा रहेको गितमा मन्जीत पहाडीको शब्द तथा तिलक वलीको संगीत रहेको छ ।
मारुनि स्टुडियोमा रेकर्ड गरिएको उक्त गितको भिडियोमा चर्चित मोडल लोशिला लामिछाने, चिरञ्जीवी डाङ्गी, दुर्गा तामाङ, र एमटी महरको अभिनय रहेको छ ।
गायक सागर वलिको निर्देशन र सह निर्देशकमा तिलक शाही रहेका छन् ।
राजकुमार मगरको सम्पादनमा तयार पारिएको गीत सागर वलीको अफिसियल युटुब च्यानलबाट सार्वजनिक गरिएको छ ।
सोही गीतको भिडियो हेर्न तलको लिंक क्लिक गर्नुहोला ।