सुप्रिम मल्लको “धुरु धुरु”चाईल्ड भर्जन सार्वजनिक

काठमाडौं,

नेपाली सांगितिक बजार संगीतमय बन्दै गएको छ । पछिल्लो समय एकपछि अर्को गरेर गीतहरु आउनेक्रम बढे संगै कलाकारहरुले नयाँ नयाँ गीतहरु सार्वजनिक गरिरहेका छन्

सोही क्रममा गीतकार तथा साहित्यकार बिमला हुँमागाई (बोध श्री) को सजनामा रहेको केही समय अघी चर्चा कमाउन सफल “धुरु धुरु” को चाईल्ड भर्जन सार्वजनिक भएको छ ।

यस गीतमा चर्चित बाल गायक सुप्रिम मल्लको स्वर रहेको छ भने गीतकार तथा साहित्यकार बिमला हुँमागाई (बोध श्री) को शब्द सृजना, बहुप्रतिभाशाली ब्यक्ति डि.आर सुजनको थेगो र संगीत रहेको छ ।

गीतको भिडियोमा बिमला हुँमागाई (बोध श्री) को निर्देशन, सुरेश श्रेष्ठको छायांकन, बिबेक सुनारको सम्पादन रहेको छ । उक्त गीतको भिडियोमा सुप्रिम मल्ल ठकुरी, बिदान मैनाली, सागर, बोध श्री आदीको अभिनय रहेको छ । यस गीतलाई बोध अनलाईन टिभीबाट सार्वजनिक गरिएको हो ।

सोही गीतको भिडियो हेर्न तलको लिंक क्लिक गर्नुहोला ।

प्रकाशित मिति : २०८० जेष्ठ २२ गते सोमवार
प्रतिक्रिया दिनुहोस