रचना रिमालको “के नै थ्यो र मसँग” सार्वजनिक

काठमाडौं,

नेपाली सांगितिक बजार संगीतमय बन्दै गएको छ । पछिल्लो समय एकपछि अर्को गरेर गीतहरु आउनेक्रम बढे संगै कलाकारहरुले नयाँ नयाँ गीतहरु सार्वजनिक गरिरहेका छन्

सोही क्रममा गीतकार तथा साहित्यकार बिमला हुँमागाई (बोध श्री) को सजनामा रहेको नयाँ गीत “के नै थ्यो र मसँग” सार्वजनिक भएको छ ।

यस गीतमा चर्चित गायिका रचना रिमालको स्वर रहेको छ भने गीतकार तथा साहित्यकार बिमला हुँमागाई (बोध श्री) को शब्द सृजना, नबिन कार्कीको संगीत रहेको छ ।

भिडियोमा नबिन कार्कीको निर्देशन रहेको छ भने केशव बिश्वकर्माको छायांकन, बिकाश धमलाको सम्पादन रहेको छ । यस गीतलाई बोध अनलाईन टिभीबाट सार्वजनिक गरिएको हो ।

सोही गीतको भिडियो हेर्न तलको लिंक क्लिक गर्नुहोला ।

प्रकाशित मिति : २०८० जेष्ठ २२ गते सोमवार
प्रतिक्रिया दिनुहोस