रचना रिमालको “के नै थ्यो र मसँग” सार्वजनिक

काठमाडौं,

नेपाली सांगितिक बजार संगीतमय बन्दै गएको छ । पछिल्लो समय एकपछि अर्को गरेर गीतहरु आउनेक्रम बढे संगै कलाकारहरुले नयाँ नयाँ गीतहरु सार्वजनिक गरिरहेका छन्
।

सोही क्रममा गीतकार तथा साहित्यकार बिमला हुँमागाई (बोध श्री) को सजनामा रहेको नयाँ गीत “के नै थ्यो र मसँग” सार्वजनिक भएको छ ।

यस गीतमा चर्चित गायिका रचना रिमालको स्वर रहेको छ भने गीतकार तथा साहित्यकार बिमला हुँमागाई (बोध श्री) को शब्द सृजना, नबिन कार्कीको संगीत रहेको छ ।

भिडियोमा नबिन कार्कीको निर्देशन रहेको छ भने केशव बिश्वकर्माको छायांकन, बिकाश धमलाको सम्पादन रहेको छ । यस गीतलाई बोध अनलाईन टिभीबाट सार्वजनिक गरिएको हो ।

सोही गीतको भिडियो हेर्न तलको लिंक क्लिक गर्नुहोला ।

प्रकाशित मिति : २०८० जेष्ठ २२ गते सोमवार
प्रतिक्रिया दिनुहोस