शंकर बिसीको निर्देशनमा “खल्ती भाको झोला” सार्वजनिक

काठमाडौं । नेपाली सांगितिक बजार संगीतमय बन्दै गएको छ । पछिल्लो समय एकपछि अर्को गरेर गीतहरु आउनेक्रम बढे संगै कलाकारहरुले नयाँ नयाँ गीतहरु सार्वजनिक गरिरहेका छन्

सोही क्रममा नयाँ गीत “खल्ती भाको झोला” सार्वजनिक भएको छ । यस गीतमा शान्ती श्री परियार र बिष्णु पाण्डेको स्वर रहेको छ भने चर्चित सर्जक रमेश परियारको शब्द, संगीत रहेको छ ।

लोकप्रिय मोडल तथा निर्देशक शंकर बिसीको निर्देशन रहेको गीतमा दुर्गा पौडेलको छायांकन, मिलन बिश्वकर्माको सम्पादन रहेको छ । उक्त गीतको भिडियोमा निक्स शर्मा र लोशिना लामिछानेको अभिनय रहेको छ । यस गीतलाई रमेश परियारको युटुब च्यानलबाट सार्वजनिक गरिएको हो ।

सोही गीतको भिडियो हेर्न तलको लिंक क्लिक गर्नुहोला ।

प्रकाशित मिति : २०८० बैशाख २८ गते बिहिवार
प्रतिक्रिया दिनुहोस