सुभद्रा भुजेल र राजु परियारको “जिन्दगी र फुल” सार्वजनिक

काठमाडौं,

पछिल्लो नेपाली सांगितिक बजार संगीतमय बन्दै गएको छ । पछिल्लो समय एकपछि अर्को गरेर गीतहरु आउनेक्रम बढे संगै कलाकारहरुले नयाँ नयाँ गीतहरु सार्वजनिक गरिरहेका छन् ।

सोही क्रममा “जिन्दगी र फुल” नामक गीत सार्वजनिक भएको छ । यस गीतमा राजु परियार र सुभद्रा भुजेलको स्वर रहेको छ भने बहुप्रतिभाशाली ब्यक्ति डि.आर सुजनको शब्द, संगीत रहेको छ ।

यस गीतको भिडियोमा डि.आर सुजनको कथा, निर्देशन रहेको छ भने रेशम दर्लामीको छायांकन, बिबेक सुनारको सम्पादन, मिलन बिश्वकर्माको रंग संयोजन रहेको छ ।

उक्त गीतको भिडियोमा डि.आर सुजन, सरिता ढुंगाना (जुनकिरी), अर्जुन कार्की, गीता थापा, श्रीकृष्ण थापा, अशोक पहरी आदीको अभिनय रहेको छ । यस गीतलाई डि.आर सुजनको युटुब च्यानलबाट सार्वजनिक गरिएको हो ।

सोही गीतको भिडियो हेर्न तलको लिंक क्लिक गर्नुहोला ।

प्रकाशित मिति : २०८० बैशाख २२ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस