साहित्यकार बिमला हुमागाँईको निर्देशनमा “रानी बनाउछु” सार्वजनिक

काठमाडौं,

पछिल्लो नेपाली सांगितिक बजार संगीतमय बन्दै गएको छ । पछिल्लो समय एकपछि अर्को गरेर गीतहरु आउनेक्रम बढे संगै कलाकारहरुले नयाँ नयाँ गीतहरु सार्वजनिक गरिरहेका छन् ।

सोही क्रममा “रानी बनाउछु” नामक गीत सार्वजनिक भएको छ । यस गीतमा राजन श्रेष्ठ र सिजसु श्रेष्ठको स्वर रहेको छ भने बिक्रम केसीको शब्द, राजन श्रेष्ठको संगीत रहेको छ ।

साहित्यकार बिमला हुमागाँई (बोध श्री) को निर्देशन रहेको गीतमा रोशन बिश्वकर्माको कोरियोग्राफी, करण चैशिरको छायांकन, नबिन घर्ती मगरको सम्पादन रहेको छ ।

उक्त गीतको भिडियोमा सरोज प्रजा, सञ्चिता बोलाखे, बिधान मैनाली, प्रनिता रोकाया आदीको अभिनय रहेको छ । यस गीतलाई राजन श्रेष्ठ अफिसियल युटुब च्यानलबाट सार्वजनिक गरिएको हो ।

सोही गीतको भिडियो हेर्न तलको लिंक क्लिक गर्नुहोला ।

https://www.youtube.com/watch?v=FCQEQAAoGos

प्रकाशित मिति : २०८० बैशाख २२ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस