गीतकार,साहित्यकार बोध श्रीको “धुरु धुरु” सार्वजनिक

काठमाडौं,

पछिल्लो नेपाली सांगितिक बजार संगीतमय बन्दै गएको छ । पछिल्लो समय एकपछि अर्को गरेर गीतहरु आउनेक्रम बढे संगै कलाकारहरुले नयाँ नयाँ गीतहरु सार्वजनिक गरिरहेका छन् ।

सोही क्रममा बहुप्रतिभाशाली ब्यक्ति डि.आर. सुजनको संगीतमा रहेको मार्मीक लोक गीत “धुरु धुरु” सार्वजनिक भएको छ ।

यस गीतमा चर्चित गायिका देबि घर्ती मगरको स्वर रहेको छ भने शब्द विमला हुँमागाई (बोध श्री) को रहेको छ ।

डि.आर. सुजनको परिकल्पना, कथा र निर्देशनमा निर्माण गरिएको भिडियोमा बोध श्री, रश्मी भट्ट, लेखान्त भुसाल, सुष्मा खड्का, बिदन मैनाली, श्रीकृष्ण थापा, रमेश बुढा मगर, विमला तामाङ, भरत गोर्खाली आदीको अभिनय देख्न पाईन्छ ।

करण चैशिरको छायांकन रहेको भिडियोलाई विवेक सुनारले सम्पादन गरेका हुन् भने मिलन विश्वकर्माले रंग संयोजन गरेका छन् ।

सो गीतको भिडियोलाई बोध अनलाईन टि.भी. नामक युटुब च्यानबाट सार्वजनिक गरिएको हो । सोही गीतको भिडियो हेर्न तलको लिंक क्लिक गर्नुहोला ।

 

प्रकाशित मिति : २०८० बैशाख ११ गते सोमवार
प्रतिक्रिया दिनुहोस