
नयाँ गीत “खोलि तरेर” बजारमा आएको छ माया प्रेमको भावनालाई समेटेर यिओ गीत बजारमा आएको हो खोलि तेरेर साझैमा आउ सानु बस्ने गरेर यस्तै यस्तै सब्द यो गीतमा कोरिएका छन् ।
लोकप्रिय गायिका टिका पुन, सागर वली र बाबुराम डागीको आवाजमा ‘खोलि तरेर’ बोलको गीत सार्वजनिक भएको छ । मन्जीत पहाडीको शब्दमा खेमराज गौतमले संगीत भरेको उक्त गीतको भिडियो सरोज शाहीले छायांकन गरेका हुन् ।
खेमराज गौतमको संगीत संयोजन रहेको सो गीत आलाप रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको हो । विरेन्द्र वलीको निर्देशन रहेको उक्त गीतको भिडियोमा मोडल एमटी महर, चिरञ्जीवी डाँगी, दुर्गा तामाङ र विनीशा अधिकारीको अभिनय रहेको छ ।
राजकुमार मगरले भिडियो सम्पादन गरेको सो गीत सागर वलीको अफिसियल युटुब च्यानलबाट दर्शक श्रोतामाझ सार्वजनिक गरिएको छ ।
भिडियो हेर्नुहोस्
प्रकाशित मिति : २०७९ चैत्र १६ गते बिहिवार