
गायक तथा संगीतकार सुगम थापा मगरको आवाज ‘बाटुली’ बोलको पप गीत सार्वजनिक भएको छ । स्याङ्जामा जन्मिएका गायक थापा यतिबेला युकेलाई कर्मथलो बनाउदै आएका छन् । गायक थापाकै उत्कृष्ट शब्द तथा सुमधर संगीतमा सजिएको गीत ‘बाटुली’ ले आफ्नो प्रमीकालाई बाचा गरी लाहुरे बनेको प्रेमीको कथालाई प्रतिनिधित्व गरेको छ ।
उक्त गीतको संगीत संयोजन समेत गायक थापाले गरेका हुन । प्रहिल कार्कीको निर्देशनमा मोडल तथा हाँस्यकलाकार खबपु चन्चल मगर, निक्स शर्मा र आभा थापाको अभिनय रहेको छ ।
उत्तम हुमागाईको छायांकन र माधव बेलबासेको सम्पादन रहेको सो गीतलाई रियल टाइम क्रियसन रेकर्डिङ स्टुडियोमा रर्कड गरिएको हो । उक्त गीत गायक थापाकै अफिसियल युटुब च्यानलबाट दर्शक श्रोतामाझ सार्वजनिक भएको छ ।
भिडियो हेर्नुहोस्
प्रकाशित मिति : २०७९ चैत्र ७ गते मङ्गलवार