राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको महाधिबेशनमा हास्य कलाकार खबपू चंचल मगर केन्द्रिय सदस्य पदमा आफ्नो उम्मेदवारी दिदै

हाम्रो अभियान लोक सस्कृतिको सरक्षण श्रष्टाको सम्मान नब प्रतिभालाई प्रोत्साहन भन्ने मूल नारका साथ राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको ८ औं केन्द्रिय महाधिबेशन धादिङका्े बेसी शहरमा यही फागुन १२, १३, १४ गते सम्पन्न हुँदै छ ।

हास्य कलाकार खबपू चंचल मगरले पनि आफ्नो उम्मेदवारी दर्ता गराएका छन् उनले अहिले केन्द्रिय सदस्य पदमा चुनाब लडन लागेका हुन् ।

महाधिवेशनले आगामी तीन वर्षका लागि नयाँ कार्यसमिति निर्वाचित गर्ने तयारी छ । जसका लागि चुनावी माहोल तातिएको छ र केही कलाकारले उम्मेदवारी घोषणा गर्ने तयारी गरेका छन् ।

महाधिवेशनमा ७२ जिल्लास्तरीय समिति, ६ प्रदेशस्तरीय समिति, आजीवन सदस्यहरु, मानार्थ सदस्यहरु र केन्द्रिय समिति सहितका सबै प्रतिनिधि गरी एक हजार जना भन्दा बढीको उपस्थिति रहने छन् ।

खबपू चंचल मगरले आफुलाई जिताउन अनुरोध गरेका छन् भने सबै उम्मेदवारहरु धदिङ्ग पुगिसकेका छन् ।

प्रकाशित मिति : २०७९ फाल्गुन ११ गते बिहिवार
प्रतिक्रिया दिनुहोस