भिम चापागाई र शान्ती श्री परियारको “अरे हो काईली” सार्वजनिक

काठमाडौं,

पछिल्लो नेपाली सांगितिक बजार संगितमय वन्दै गएको छ । लोक तथा दोहोरी क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गरेर गीतहरु आउनेक्रम बढे संगै कलाकारहरुले नयाँ नयाँ गितहरु सार्वजनिक गरिरहेका छन् ।

सोही क्रममा भिम चापागाईको नयाँ गीत “अरे हो काईली” सार्वजनिक भएको छ । यस गीतमा भिम चापागाई र शान्ती श्री परियारको स्वर रहेको छ बिश्व किर्तीमानी संगीतकार लक्षु प्रकाश मल्लको शब्द, संगीत र एरेञ्ज रहेको छ ।

अशोक बिकको निर्देशन रहेको गीतमा बासु न्यौपानेको छायांकन, रोशन धितालको सम्पादन रहेको छ । उक्त गीतको भिडियोमा बिना राउत सरोज प्रजा र ध्रुब कमेडीको अभिनय रहेको छ । यस गीतलाई भिम चापागाई अफिसियल युटुब च्यानलबाट सार्वजनिक गरिएको हो ।

सोही गीतको भिडियो हेर्न तलको लिंक क्लिक गर्नुहोला ।

प्रकाशित मिति : २०७९ फाल्गुन ९ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस