
गायक सर्जक एम टी महरको नयाँ गीत घर “मेरो दाङ्ग जिल्ला” बोलको गीत सार्वजनिक भएको छ । एम टी महर,आशा बिसी,अजय महर र जमुना बिस्वकर्माको स्वर रहेको गीतमा एम टी महरको संगीत सब्द कलेक्सन रहेको छ विभिन्न ठाउलाइ समेटेर यो गीतलाई बनाइएको छ ।
खेमराज गौतमको एरेन्ज रहेको गीतमा प्रशान्त परियार र खेमराज गौतमको कोरस भोकल रहेको छ भने स्टुडियो मारुनीमा रेकडिङ्ग भएको गीतलाई सुमन राना र खुमन रानाले रेकडिङ्ग र कुमार रानाले मिक्सिङ्ग गरेका छन् ।
एम टी महरको निर्देशन रहेको भिडियोमा रेशम नेपकिङ्ग,आरुसी मगर,कैलास ओली र रुबिना अधिकारीको अभिनय देख्न सकिन्छ । भिडियोको छायांकन अर्जुन सापकोटाले गर्नुभएको हो भने सम्पादन निर्मल प्याकुरेलको साथै कोरियोग्राफी पवन योगीको छ ।
हेर्नुहोस भिडियो।
प्रकाशित मिति : २०७९ फाल्गुन २ गते मङ्गलवार