कस्तुप पन्तको निवासमा कलाकारहरुको सहभागितामा सरस्वती पुजा कार्यक्रम सम्पन्न

काठमाडौं,

पर्वत कलाकार समाज, नेपालको आयोजनामा श्रीपञ्चमीको अवसरमा “सरस्वती पुजा कार्यक्रम – २०७९” सम्पन्न गरेको छ । सो कार्यक्रम सोही संस्थाका संस्थापक अध्यक्ष रहेका लोकप्रिय गीतकार एबम् संगीतकार कस्तुप पन्तको निजी निवासमा गरिएको थियो । सरस्वती पुजा सकिए पश्चात प्रसाद बितरण संगै बिभिन्न कलाकारहरुद्धारा सांगीतिक माहोलको सृजना भएको थियो । जसले गर्दा कार्यक्रमलाई झन रमणिय बनाएको थियो ।

कार्यक्रममा पर्वत कलाकार समाज, नेपालका अध्यक्ष लोकप्रिय गायक कुलेन्द्र बिश्वकर्माको अध्यक्षतामा गरिएको थियो । यस कार्यक्रममा पर्वतमा जन्मिएका बरिष्ठ गायक बिमलराज क्षत्री, लोकप्रिय गायक रामजी खाण लगायत पर्वत कलाकार समाज, नेपालमा आबद्ध रहेका बिभिन्न पदाधिकारीको उपस्थिती रहेको थियो । धेरै कलाकारहको सहभागीताले खुसी हुँदै आत्मियता संगै सम्बन्ध प्रगाढ भएको भन्दै सोही संस्थाका संस्थापक अध्यक्ष कस्तुप पन्तले बताए ।

पर्वत कलाकार समाज, नेपालका अध्यक्ष कुलेन्द्र बिश्वकर्मा भन्छन् “श्रीपञ्चमीको अवसरमा “सरस्वती पुजा कार्यक्रम – २०७९” हाम्रै संस्थाका संस्थापक अध्यक्ष कस्तुप पन्त दाईको आफ्नै निवासमा मनाउन पाउदा गौरवान्नित छौ । यो हामी सबैका लागी ठुलो अवसरको कुरा हो । यही मौकामा सबै साथीहरु भेटघाट गर्ने अवसर पनी मिल्यो । हामी सबैलाई निमन्त्रणा गरी यो कार्यक्रमको आयोजना गरी सम्पन्न गर्ने वातावरण सृजना गर्नुभएकोमा संस्थापक अध्यक्ष कस्तुप पन्त दाई प्रती आभारी छु । आगामी दिनमा पनी यस्तै साथ, सपोर्ट, माया र आर्सिबादको अपेक्षा गर्दछु ।”

प्रकाशित मिति : २०७९ माघ १३ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस