कृष्ण सापकोटाको संगीतमा “तिम्रै कारण” बजारमा

काठमान्डौं,

नयाँ गीत “तिम्रै कारण” गीत् बजारमा आएको छ गीत् संगीत बजारमा आउने क्रममा माया प्रेमको भावलाई समेटेर यो गीत बजारमा आएको हो यो गीतलाई कृष्ण सापकोटाको अफिसियल युटुब च्यानल बाट बजारमा राखिएको छ ।

परदेशमा बसेर नेपाली गीत संगीतलाइ माया गर्दै दर्जनौ भिडियोमा खेलेर आफ्नो नाम स्थापित गर्न सफल मोडल सबुज मगर अहिले भने नेपालमा रहेका छन् आफ्नै सब्द रहेको गीत “तिम्रै कारण” मा संगीत कृष्ण सापकोटाको रहेको छ भने स्वर अहिलेकी चर्चित गायिका सान्ति श्री परियार र बिजय सुमनको रहेको छ।

गीतको भिडियोमा चर्चित मोडल सारिका के सी र सबुज मगरको अतिनै मार्मिक र मन छुने अभिनय देख्न सकिन्छ भने भिडियो को निर्देशन जेरी भण्डारीको रहेको छ भिडियोको छायांकन दिपक गिरि र सम्पादन नबिन घर्ति मगरको रहेको छ।

यसै भिडियोका मोडल सबुज भन्छन जाडोले गर्दा निकै गार्हो भो र पनि राम्रो काम गर्ने प्रयाश गरेका छौ दर्सक स्रोताले माया गर्दिनुहुन्छ भने आशाबादी छौ।

हेर्नुहोस भिडियो।

 

प्रकाशित मिति : २०७९ माघ १२ गते बिहिवार
प्रतिक्रिया दिनुहोस