छैठौं मनास्लु राष्ट्रिय सर्बाेत्कृष्ट फिल्म निर्देशकको अवार्ड होम धिताललाइ प्रदान

मनास्लु मिडिया प्रा.लि.को आयोजनामा “छैठौं मनास्लु राष्ट्रिय अवार्ड – २०७९ तथा दोस्रो मनास्लु ईन्टरनेशनल आईकन अवार्ड” सम्पन्न भएको छ । यस कार्यक्रममा मनास्लु मिडिया प्रा.लि.का अध्यक्ष मन बहादुर पुनको अध्यक्षता रहेको थियो भने पुर्व युवा तथा खेलकुद मन्त्री दलजित श्रीपालीको प्रमुख आतिथ्यता रहेको थियो ।

यसै क्रममा निर्देसक होम धितालले सर्बाेत्कृष्ट फिल्म निर्देशकको अवार्ड पाएका छन् यसै खुसियालीमा उनले आफ्नो फेसबुक मा तस्बिर सार्बजानिक गरेका छन् भने कार्यक्रममा मनास्लु पोस्टका सम्पादक मदन कुमार घर्ती मगरले स्वागत मन्तब्य राखेका थिए ।

धन सम्पत्ती धेरै कमाउनु भन्दा पनि बाचुञ्जेल समाजमा सबैसंग माया प्रेम गर्ने हो । हामिले कमाएको अमुल्य सम्पत्ति भनेको यहि नै हो । राम्रो कर्म छोडेर जानेहो मरेपछि दुइ थोपा आशु र मलामी कमाउने हो । सम्पत्ति संगै लान मिल्दैन धेरै कमाएर के गर्ने हो यो त बिधीको बिधान न हो भन्दै उनले आफ्नो खुसि मन संग साटेका छन् ।

कार्यक्रममा बिशिष्ट अतिथीमा नेपाल मगर संघ केन्द्रिय समितीका अध्यक्ष ज्ञानेन्द्र पुन रहेका थिए । त्यस्तै अतिथीहरुमा नेपाल मगर संघका महासचिव टेक नाम्जाली मगर, मनास्लु पोस्टका सम्पादक मदन कुमार घर्ती मगर, नेपाल मगर संघका उपमहासचिव खगेन्द्र पुन मगर, बरिष्ठ लोक गायक कृष्ण थापा मगर लगायत धेरै ब्याक्ति रहेका थिए।

प्रकाशित मिति : २०७९ पुष २६ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस