देबराज आचार्यको “उडु उडु हुन्छ यो मन” सार्वजनिक

काठमाडौं, नेपाल ।

पछिल्लो नेपाली सांगीतिक बजार संगितमय बन्दै गएको छ । सांगीतिक क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गरेर गीतहरु आउनेक्रम बढे संगै कलाकारहरुले नयाँ नयाँ गीतहरु सार्वजनिक गरिरहेका छन् । सोही क्रममा देबराज आचार्यको नयाँ गीत “उडु उडु हुन्छ यो मन” सार्वजनिक भएको छ ।

यस गीतमा मान्डबी त्रिपाठी र देबराज आचार्यको स्वर रहेको छ भने हिक्मत बुढाथोकी (प्रेम) को शब्द, बिपिन आचार्यको संगीत तथा एरेञ्ज रहेको छ । दबेवराज आचार्यको निर्देशन रहेको गीतमा करुणा श्रेष्ठको परिकल्पना, रेशम दर्लामीको छायांकन, हिक्मत सिंह चैशिरको सम्पादन रहेको छ ।

उक्त गीतको भिडियोमा देबराज आचार्य र करुणा श्रेष्ठको अभिनय रहेको छ । यस गीतलाई ओ.एस.आर. डिजिटलबाट सार्वजनिक गरिएको हो ।

सोही गीतको भिडियो हेर्न तलको लिंक क्लिक गर्नुहोला ।

प्रकाशित मिति : २०७९ पुष १९ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस