गाएक एमटि महरको “जोबन साटम्ला ” गीत बजारमा भिडियो सहित

जोबन साटम्ला गीत् बजारमा आएको छ गीत् संगीत बजारमा आउने क्रममा गाउले जिबनलाइ समेटेर यो गीत बजारमा आएको हो नाचौ नाचौ लाग्ने यो गीतलाई एमटी महरको अफिसियल युटुब च्यानल बाट बजारमा राखिएको छ ।

एमटी महर र सुनिता बुढा क्षेत्रीको स्वरमा रहेको गीतमा एमटि महरको लय सब्द रहेको छ भने कोरस भोकल प्रसान्त परियार र खेमराज गौतमको रहेको छ सुदिप सागरको एरेञ्ज रहेको गीतलाई स्टुडियो मारुनिमा रेकड गरिएको हो खुमन राना र सुमन रानाको रेक्डिङ्गमा तयार भएको गीतलाई कुमार रानाले मिक्सिंग गरेका हुन् ।

प्रकाश भट्टको निर्देसन,प्रकाश खडकाको क्यामरा बाट तयार भएको भिडियोलाई उतम कुमार कार्कीले सम्पादन गरेका हुन् राजेश घिमिरेको कोरियोग्राफी रहेको भिडियोलाई सक्क्ष्यम पुडासैनीले मेकअप गरेका हुन् ।

भिडियोमा आरुसी मगर,एमटि महर,अस्मिता रनपाल र चिरन्जिबी डाँगीको दमादार अभिनय रहेको छ ।

हेर्नुहोस भिडियो।

प्रकाशित मिति : २०७९ पुष ११ गते सोमवार
प्रतिक्रिया दिनुहोस