के सम्बन्धविच्छेद पछि पश्चाताप गर्दै छिन् जेरी ?

काठमाडौं । चर्चित लोक दोहोरी गायिका बबिता बानियाँ ‘जेरी’ पछिल्लो महिना थप चर्चामा रहिन् । उनले गायक समेत रहेका श्रीमान शंकर क्षेत्रीसँग सम्बन्ध बिच्छेद गरेकाले पनि उनी चर्चाको शिखरमै रहिन् । विवाह गरेको १४ दिनपछि नै आफूमाथि शारीरिक तथा मानसिक यातना सुरु भएको बताएकी जेरीले श्रीमानसँग सम्बन्ध टुङ्ग्याउनुको कारण श्रीमानको बाहिर केटी, शारीरिक तथा मानसिक हिंसा लगायत बताएकी थिइन् ।

सम्बन्ध बिच्छेदले उनको मनोभावनामा असर त पू¥यायो नै तर काममा भने उनी थप व्यस्त देखिइन् । आजकल पनि उनी नयाँ नयाँ दोहोरी प्रोजेक्टमा निकै व्यस्त देखिन्छिन् । सामाजिक सञ्जालमा पनि उतिकै सक्रिय छिन् । सामाजिक सञ्जालमा उनलाई ठूलो संख्यामा फ्यानले फलो गर्ने गरेका छन् । उनले आफ्ना प्रोजेक्टहरूका साथै आफ्ना सुन्दर फोटो र भिडियोहरू सेयर गरिरहेकी हुन्छिन् ।

उनको दोहोरीलाई मात्र नभई सामाजिक सञ्जालमा पस्केका हरेक पोष्टलाई फ्यानहरूले धेरै रुचाउँदै आएका छन् । सद्भाव र प्रेम दर्शाउँछन् । यहि क्रममा हालै (हिजो बुधबार) उनले फेसबुकमा एउटा फोटो अपलोड गरिन् । उक्त फोटोमा उनीसँगै उनका पूर्वपती शंकर र छोरी रहेका छन् । जसमा ‘तितै भएनी अतीत र सत्य नकार्न सकिदोरहेनछ –तस्बिर पुरानै’ लेख्दै उक्त फोटो शेयर गरिन् ।

यसअघि फ्यान र कलाकारहरुबाट समेत उच्च सद्भाव र माया बटुलेकी जेरीको यो पोष्टलाई भने धेरैले मन पराएका छैनन् । ‘चटक धेरै भयो’, ‘मलाई चाहिं यो मन परेन’ जस्ता कमेन्टहरु धेरै आएका छन् । यद्यपी ‘सम्बन्ध सकिए पनि सद्भाव सकिनु हुन्न’ र ‘फेरी एक भएको हेर्न मन छ’ जस्ता कमेन्ट पनि आएका छन् । तर नगण्य मात्रामा ।

यो पोष्ट सार्वजनिक भएपछि धेरैले अनुमान गरेका छन्– कतै जेरी शंकरसँग सम्बन्ध बिच्छेद भएपछि पछुताउँदै त छैनन् ? या उनको सद्भाव मात्र हो ? यो त उनै जेरीले जानेकी छन् । जुन कुरा उनका शुभचिन्तक र सहकर्मी पनि जान्न चाहन्छन् ।

लोकदोहोरी गायनका सिलसिलामा भेटेका शंकर र जेरीको गायनकै सिलसिलमा प्रेम बसेको थियो । करिब ५ वर्षको प्रेमपछि विवाह गरेका उनीहरूले काठमाडौं जिल्ला अदालतमा आफ्नो वैवाहिक सम्बन्ध टुङ्ग्याएका थिए । उनीहरुको मायाको चिनो एक छोरी छिन् ।

प्रकाशित मिति : २०७९ पुष ७ गते बिहिवार
प्रतिक्रिया दिनुहोस