युवाहरुलाई सचेत गराउन डा. भोला रिजालले ल्याए – केही छिनको मस्तीले

काठमाडौं, 

पछिल्लो नेपाली सांगीतिक बजार संगितमय बन्दै गएको छ । सांगीतिक क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गरेर गीतहरु आउनेक्रम बढे संगै कलाकारहरुले नयाँ नयाँ गीतहरु सार्वजनिक गरिरहेका छन् । सोही क्रममा डा. भोला रिजालको पृथक शैलीको चेतनामुलक गीत “केही छिनको मस्तीले” सार्वजनिक भएको छ ।

यस गीतमा स्वरुपराज आचार्य, हिमाल सागर, रिमा गुरुङ, बिष्णु चेमजोङ आदीको स्वर रहेको छ भने डा. भोला रिजालको शब्द, मनोहर सुनामको संगीत रहेको छ । याम गुरुङको निर्देशन रहेको गीतमा बिरेन्द्र भाट बिपिनको छायांकन, सम्पादन रहेको छ ।

उक्त गीतको भिडियोमा सञ्चिता लुईटेल, कृष्ण भक्त महर्जन, रमेश सोडारी, जंगमणी घिमिरे, बसन्तराज कूँवर, सरला रिजाल, नानी मैया अधिकारी, खेम बा, पारस पौडेल, रोशीन सुबेदी, लक्ष्मण खड्का, ईभन खड्का आदीको अभिनय रहेको छ ।

यस गीतलाई भोला रिजाल कै युटुब च्यानलबाट सार्वजनिक गरिएको हो । सोही गीतको भिडियो हेर्न तलको लिंक क्लिक गर्नुहोला ।

 

प्रकाशित मिति : २०७९ पुष ४ गते सोमवार
प्रतिक्रिया दिनुहोस