रोधिघरलाइ समेटेर दाम छैन गोजीमा गीत बजारमा “भिडियो सहित “

दाम छैन गोजीमा गीत बजारमा आएको छ लोक दोहोरि गीत हरु बजारमा आउदै गर्दा दोहोरि साझ अर्थात् रोधीघरको बिषयबस्तु बनाएर यो गीत बजारमा आएको हो।

खेमराज गौताम र तुल्सा पाण्डेको स्वरमा रहेको गीतलाई लय सब्द यम बिनाडिले गरेका छन् स्टुडियो मारुनिमा रेकड भएको गीतलाई सुमन राणा ले रेकडिङ्ग गरेका हुन् भने कुमार राणाले मिक्सिंग गरेका हुन् भने गीतको एरेन्ज खेमराज गौतमले गरेका छन् रमेश शर्माको अफिसियल युटुबबाट यो गीतलाई बजारमा राखिएको छ ।

पहिलो चोटी रोधिमा पसियो नौलो मान्छे गीत गाउन कसियो दाम छैन गोजीमा यस्तै सब्दलाइ समेटेर यो गीत बनेको छ भने रमेश शर्मा,प्रशान्त परियार,संगीता सिजापति र टिका मगरको कोरस भोकल रहेको छ ।

बिरेन्द्र ओलीको निर्देसन,प्रकाश खडकाको क्यामरा बाट तयार भएको भिडियोलाई दिपक बिष्टले सम्पादन गरेका हुन् भने तिलक शाही को कोरियोग्राफी र मन्जित पहाडीको सह निर्देसन रहेको छ।

भिडियोमा प्रस्तुति परियार,तिलक शाही,रीतिका गुरुङ र प्रतिमा निरौलाले नाचेर साथ् दिएका छन् भने बिरेन्द्र ओली र राधा रसाइलिको अभिनय रहेको छ ।

मधु रसाइलीको मधुबन रोधीघरमा भिडियो छयांकन गरिएको थियो भने सरिता पर्जापतिले मेकअप गरेकी थिएन साथै तुल्सा पाण्डे,सम्झना अधिकारि,प्रसान्त परियार,खेमाराज गौतम,राजन मोक्तान,कल्पना मल्ल,इशु न्यौपाने,रमेश शर्मा,अमर भटराई,सपना गौतम,संगीता सिजापति र नेहा रेग्मीको भिडियोमा साथ रहेको छ।

हेर्नुहोस भिडियो।

प्रकाशित मिति : २०७९ पुष २ गते शनिवार
प्रतिक्रिया दिनुहोस