९ बर्ष पछि गायक सुगम थापाको तिमी भन्छौ सार्वजनिक

काठमान्डौं,

गायक तथा संगीतकार सुगम थापा मगरको आवाजमा ९ बर्ष अगाडि नेपाली दर्शक श्रोताको अपार मायाँ पाएको गीत ‘तिमी बिना’ को दोस्रो भाग ‘तिमी भन्छौ’ बोलको पप गीत सार्वजनिक भएको छ ।

स्याङ्जामा जन्मिएका गायक थापा यतिबेला युकेलाई कर्मथलो बनाउदै आएका छन् । विदेशी भुमीमा रहेर पनि नेपाली गीत संगीतको मायाँ मोहबाट नटाढिएका गायक थापाकै उत्कृष्ट शब्द तथा सुमधर संगीतमा सजिएको गीत ‘तिमी भन्छौ’ ले युवा पुस्ताको मायाँ प्रेमलाई प्रतिनिधित्व गरेको छ ।

उक्त गीतको संगीत संयोजन मोहित मुनालले गरेका हुन । निकेश खड्काको निर्देशनमा मोडल कुन्साङ बम्जन, हाँस्यकलाकार खबपु चन्चल मगर र मेलीना चाम्लीङ राईको अभिनय रहेको छ । राजेन्द्र हुमागाईको छायांकन र बिकास धमलाको सम्पादन रहेको सो गीतलाई रियल टाइम क्रियसन रेकर्डिङ स्टुडियोमा रर्कड गरिएको हो ।

भौतीक दुरीको कारण प्रेममा भएको असमझदारीलाई सो गीतको भिडियोमा चित्रण गरिएको छ ।

उक्त गीत गायक थापाकै अफिसियल युटुब च्यानलबाट दर्शक श्रोतामाझ सार्वजनिक भएको छ ।

हेर्नुहोस् भिडियो

प्रकाशित मिति : २०७९ मङ्सिर २० गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस