मौलिक दर्शक श्रोताहरुको मन जित्दै “निरमाया ठुली” (भिडियो सहित)

काठमाडौं,

नेपाली सांगीतिक क्षेत्रमा एक पछि अर्को गर्दै नयाँ नयाँ गीतहरु बजारमा आउने क्रम जारी नै छ । नेपाली गीत संगीतमा बेला–बेलामा कर्णप्रिय गीतहरु सार्वजनिक हुने गरेका छन् । कतिपय गीतले छिटो सफलता प्राप्त गर्दछन् भने कतिपय गीतले ढिलो सफलता पाउने गर्दछन् ।

अझ, आफ्नै मौलिक संकृति र परम्परा बोकेका गीत संगीतको खडेरी नै लागेको समयमा केही गीतले भने दर्शकको मन जित्छन् । केही समय अघी “डाँडाँघरे साइली” नामक गीतले अत्याधिक चर्चा पाउन सफल भएको थियो।

“डाँडाँघरे साइली” बोलको गीत ब्लकबस्टर हिट भएपछि यही टिमले अर्काे नयाँ गीत “निरमाया ठूली” सार्वजनिक गरेको हो । स्वरुपराज आचार्य र लक्ष्मी मल्लको स्वरमा तयार भएको यो गीतमा कृष्ण केसीको शब्द, श्रीकृष्ण बम मल्लको संगीत छ ।

मौसम हिमालीको कोरियोग्राफी रहेको यो गीतको भिडियोमा प्रकाश सपुत, शिल्पा पोखरेल र करिश्मा ढकालको अभिनय हेर्न सकिन्छ । यो गीतलाई पनि यसका मेकरले “डाँडाघरे साइली” जस्तै दर्शकको मन छुने तरिकाले बनाईएको छ ।

नवराज उप्रेतीको छायांकन रहेको भिडियोमा प्रविण भट्टको सम्पादन छ । आफ्नो मन युट्युब च्यानलबाट सार्वजनिक भएको यस गीतले कक्षुवाको गतीमा दर्शकहरुको मन जित्न सफल भएको छ ।

सार्वजनिक भएको २ हप्ता मै “निरमाया ठुली” गीत १३ लाख भन्दा बढी दर्शकहरुको नजरमा पर्न सफल भएको छ । यस गीतलाई अझै सफलताको लागी हाम्रो तर्फबाट शुभकामना । सोही गीतको भिडियो हेर्न तलको लिंक क्लिक गर्नुहोला ।

प्रकाशित मिति : २०७९ मङ्सिर १५ गते बिहिवार
प्रतिक्रिया दिनुहोस