
बिरेन्द्र ओली ,काठमान्डौ
राजनीतिले बिगार्यो मलाई’ म्युजिक भिडियो झट्ट सुन्दा र हेर्दा आनन्द लाग्छ । जनयुद्दको उद्गमस्थल रोल्पा थवाङको मनमोहक बस्ति । रुकुम महतको युद्द स्ट्याचुले अझै रोचक बनाउछ ।
तर गहिरिएर सोंचमग्न हुने हो भने यो गितले माओबादीहरुलाई अपमान गरेको छ ।
हुन त पछिल्लो समय राजनीतिक कर्मीहरु गित संगीतको तारो बनिरहेका छन । अझ त्यसमापनि माओबादी वृतको राजनीतिक धारबाट उदाएका राजनीतिक कर्मीहरु अलि बेसी तारो बन्ने गरेका छन ।
केहि समय अघि प्रकाश सपुतको पिर गितले माओबादी बिरासत बोकेका राजनीतिक कर्मीहरुलाई पिर दियो । त्यस्तै पिर बर्षाउने अर्को गित ‘राजनीतिले बिगार्यो मलाई’ सार्वजनिक भएको छ ।
रोल्पाली कलाकार हरि डीसीको ‘राजनीतिले बिगार्यो मलाई’ बोलको म्युजिक भिडियो माओबादी बिरासत बोकेको रोल्पा र रोल्पाली माओबादीहरुलाई लक्षितगरि भर्खरैआफ्नै युट्युबमा सार्बजनिक भएको छ । यसरि गितको भाव र दृश्यलाई नियाल्दा १० बर्षे जनयुद्द झेल्ने माओबादीहरु अपमानित भैरहेको आभास हुन्छ ।
गीतमा हरि डी सी को आवाज र लय सब्द पनि हरिकोनै रहेको छ क्यामरामा अनिस जी एमले साथ् दिएका छ भने भिडियो सम्पादन नबिन घर्ति मगरले गरेका हुन् भिडियोको निर्देसन् तथा परि कल्पना हरि डि सी को रहेको छ।
चुनावी गठबन्धन दलहरुको कुकर्मलाइ औंल्याए पनि भिडियोको दृश्यमा जनयुद्दको पेरिफेरी बेसी भेटिन्छ । उक्त दृश्यमा युद्द लड्नु व्यर्थै थियो भन्ने सन्देश दिन खोजेको छ । मानौ एकमुठ्ठी प्राण हत्केलामा राखेर संसार बदल्न हिडेका योद्दाहरु आज निरीहता छन, उनीहरु जनयुद्दमा सहभागी भएकै कारण बिग्रिएका हुन । देशमा आमुल परिवर्तन आउनुको सट्टा अभाव र संकटहरु जन्मिएका छन, भन्ने भाव भेटिन्छ ।
यसरि जनयुद्द तथाकथित थियो भन्ने अर्थमा म्युजिक भिडियोद्वारा परिभाषित गर्न खोजिएको छ ।
माओबादी भएकोमा पश्चाताप गर्दै राजनीतिले बिगारेको भन्ने भाव रहेको छ । माओबादीहरु अपमानित भैरहेको आभास दिन्छ ।
हेर्नुहोस म्युजिक भिडियो यस्तो रहेको छ।