काठमान्डौ,
स्वागत सुलिकोट गीत बजारमा आएको छ गुरुङ, मगर समुदाएमा प्रख्यात कौरा गीत गोर्खाका विभिन्न धार्मिक स्थललाई समेटेर यो गीत बजारमा आएको हो ।
राम बहादुर सुनार र सुमिना गुरुङको आवाजमा रहेको गीतलाई रबि तामाङको शब्द अनि चेतन गोतामे र सुमिना गुरुङको लय रहेको छ भने संगीत सयोजन चेतन गोतामेको रहेको छ गीतको भिडियोलाई चेतन गोतामेको अफिसियल युटुब च्यानल बाट बजारमा आएको हो ।
स्टुडियो मारुनीमा रेकडिङ्ग भएको गीतलाई मिक्सिंग कुमार रानाले गरेका हुन् भिडियो निर्माणका क्रममा चेतन गोतामेको निर्देशन,दिपक गिरीको क्यामारा,सुजन गोर्खालीको कोरियोग्राफी र प्रकाश धमलाको सम्पादन रहेको छ ।
भिडियोमा सुजन सुर्खेती , जेनिसा तामाङ ,राजेन्द्र घर्ति मगर र बिनि कोके गुरुङको दमदार अभिनय रहेको छ ।
https://www.youtube.com/watch?v=UWo5gMxK2og
प्रकाशित मिति : २०७९ कार्तिक १२ गते शनिवार