खेम सेञ्चुरी र अञ्जना बराईलीको अभिनयमा “अच्छा लिकिन लाहुरे” सार्वजनिक

काठमाडौं,

नेपाली सांगीतिक क्षेत्रमा एक पछि अर्को गर्दै नयाँ नयाँ गीतहरु बजारमा आउने क्रम जारी नै छ । सोही क्रममा चर्चित गायिका जानुका तामाङको “अच्छा लिकिन लाहुरे” नामक गीत केही साता अघी सार्वजनिक भएको छ ।

यस गीतमा जानुका तामाङ र चन्द्र शर्माको स्वर रहेको छ भने खेम सेञ्चुरीको लय, शब्द रहेको छ । चर्चित निर्देशक शिब बिकको निर्देशन तथा कोरियोग्राफी रहेको गीतमा राजेश घिमिरेको छायांकन, मिलन बिश्वकर्माको सम्पादन रहेको छ ।

उक्त गीतको भिडियोमा खेम सेञ्चुरी र अञ्जना बराईलीको अभिनय रहेको छ । यस गीतलाई जानुका तामाङको युटुब च्यानलबाट सार्वजनिक गरिएको हो ।

सोही गीतको भिडियो हेर्न तलको लिंक क्लिक गर्नुहोला ।

प्रकाशित मिति : २०७९ असोज २८ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस