
काठमान्डौ,
दशैं तिहार नजिकै आउदै गर्दा हिरा नेपालीको परदेशीको पिडा बजारमा आएको छ। हिरा इन्टरटेन्मेण्टको अफिसियल युटुब बाट यो गीत बजारमा आएको हो।
सुन्दर परियार र हिरा नेपालीको आवाजमा रहेको गीतलाई हिरा नेपालि र सुन्दर परियारको शब्द अनि सुन्दर परियारको लय रहेको छ साथै तारानाथ आचार्यको एरेञ्ज रहेको छ ।
स्टुडियो मालश्रीमा रेकर्ड भएको गीतलाई खड्क बाजुरालीले मिक्सिंग गरेका हुन् । श्याम बिसिको भिडियो निर्देशन,सुरेन्द्र लिम्बुको क्यामरामा तयार भएको भिडियो लाइ बिनोद बमले सम्पादन गरेका छन् ।
भिडियोमा हिरा नेपालि ,दिनेस बैरागी,अस्मि ,अलि र समिरको दमदार अभिनय रहेको छ।
हेर्नुहोस भिडियो ।
प्रकाशित मिति : २०७९ असोज ७ गते शुक्रवार