राधिका तामाङको “अपराधीको केश” बजारमा भिडियो सहित

काठमान्डौ,गीत संगीतको बजार बिस्तारै कम हुदै गएपनि बजारमा भने गीत अनि भिडियो आउने क्रम जारीनै छ सुख होस् या दुख जस्तो अबस्थामा पनि चाहिन्छ गीत संगीत भनिन्छ बजारमा आएका गीतहरुमा पनि बियोगान्त गीत हरु धेरै सुनिन्छ पिडामा तेल थप्ने काम गर्ने गर्छ वियोगान्त गीतहरुले तेसैले त होला बजारमा फेरी एउटा यस्तै गीत आएको छ “अपराधीको केश’ यो गीत केहि समय पहिले बजारमा आएको गीत हो।

राधिका तामाङ र कमल सुसान्त केसीको स्वरमा रहेको गीतलाई सब्द संजिता श्रेष्ठ र राधिका तामाङको रहेको छ भने लय कमल सुसान्त केसीको रहेको छ गीत पनि कमल सुसान्त केसीको अफिसियल युटुब बाट राखिएको छ ।

सिन्धुपाल्चोक बार्हबिसेमा जन्मेकी राधिका तामाङको गीत गाउने रुचिलाई यो गीतले पुरा गरिदिएको छ माया प्रेममा एक हुन नसक्दाको पिडालाइ यो गीतले उजागर गरेको छ ।

“मर्छु सानु म दोषी बनि हत्या हैन आत्माहत्या हो भनि अपराधीको केश” यस्तै सब्द बोकी गीत बजारमा आएको छ पछिल्लो समयमा टिकटकमा पनि यो गीतले राम्रै चर्चा बटुल्न थालेको छ । समिर थोकरको निर्देसन, सुशील डाँगीको क्यामरा रहेको गीतलाई दिपक बिष्टले सम्पादन गरेका हुन्। आयुसमा कार्की र लोमस शर्माको अभिनय रहेको छ।

हेर्नुहोस भिडियो ।

https://www.youtube.com/watch?v=0XRQ2hM5aXo

प्रकाशित मिति : २०७९ भाद्र २२ गते बुधवार
प्रतिक्रिया दिनुहोस