
नेपाली गीत संगीतमा चर्चित नाम हो होम धिताल । उनले सयौं म्युजिक भिडियोमा निर्देशन र अभिनय गरिसकेका छन् । उनी धिताल फिल्मस् प्रा।लि।का प्रबन्ध निर्देशक पनी हुन् । होम धितालले निर्देशन तथा अभिनय मात्र नभई गायनमा पनि हात हालेका छन् ।
केही साता अघी बजारमा आएको तीज बिशेष गीत सम्धी सम्धीनीले चर्चा परिचर्चा कमाउन सफल भएको छ । जसमा देबी घर्ती, होम धिताल र राजन पौडेलको स्वर रहेको थियो भने रेशम सापकोटाको शब्द, संगीत रहेको थियो । सोही गीत सम्धी सम्धीनी बाट होम धितालले काब्य तीज म्युजिक अवार्ड २०७९ मा सर्बोत्कृष्ट गायक बेस्ट पब्लिक च्वाईस अवार्ड पाउन सफल भएका छन् । आगामी दिनमा गायन बिधालाई पनि अगाडी बढाउने उनको सोंच रहेको छ ।
काब्य तीज म्युजिक अवार्ड २०७९ू मा सर्बोत्कृष्ट गायक बेस्ट पब्लिक च्वाईस अवार्डू पाउन सफल भएपछि एउटा खुड्कीलो पार गर्नुका साथै चुनौती पनि थपिएको उनले महसुस गरेका छन् । काब्य तीज म्युजिक अवार्ड २०७९ मा सर्बोत्कृष्ट गायक बेस्ट पब्लिक च्वाईस अवार्ड पाउन सफल हुनुमा दर्शकहरुको माया हो, उहाँहरुको म प्रतीको मायालाई कहिल्यै मर्न दिन्न भन्दै उनले प्रतिबद्धता जनाएका छन् ।
काब्य तीज म्युजिक अवार्ड २०७९ मा सर्बोत्कृष्ट गायक बेस्ट पब्लिक च्वाईस अवार्ड पाउन सफल भएकोमा होम धिताललाई हाम्रो तर्फबाट हार्दिक बधाई एबं आगामी सांगीतिक यात्राको सफलताको लागी शुभकामना ब्यक्त गर्दछौ ।