काठमाडौं’
सांगीतिक क्षेत्रमा चिरपरिचित नाम हो शंकर बिसी । उनलाई लोक दोहोरी क्षेत्रको महानायक भन्ने पनि गरिन्छ । हालः शंकर बिसीले निर्देशन गरेका गीतहरु मध्य ७ वटा गीतहरुले करोड भन्दा बढी भ्युज पाउन सफल भएका छन् ।
नेपाल कै ईतिहासमा पहिलो पटक करोड क्लवमा पुगेको गीत सुर्के थैली खै उनले नै निर्देशन तथा कोरियो ग्राफी गरेको गीत हो र पछिल्लो समय भन साईला, कुरा काटन, तिते करेली, चिया छानेको, तीजको रहर आयो बरिलै, फनफनी आदी गीत गरी उनले निर्र्देशन गरेका ७ वटा गीतहरुले करोड भन्दा बढी भ्युज पाउन सफल भएका छन् ।
करिब ३५ सय भन्दा बढी गीतमा अभिनय, ५ हजार भन्दा बढी गीतमा निर्देशन, ९२ वटा फिल्ममा नृत्य निर्देशन गरेका शंकर बिसी हालः अमेरिकामा छन् । नेपाली सांगीतिक क्षेत्रमा सबै भन्दा बढी म्युजिक भिडियो खेल्ने र निर्देशन गर्ने ब्यक्तिमा उनको नाम आउछ । यही दशैमा नेपाल आएर फेरी आफ्नो कलाकारिता तथा निर्देशनको यात्रालाई निरन्तरता दिने कुरा उनले जानबारी गराए ।
सबै सँग हासेर बोल्ने हसिलो ब्यक्ती, मिलनसार ब्यक्ती, सबैलाई बराबर ब्यवहार गर्ने, ठुलालाई आदर गर्ने सानालाई माया गर्ने ब्यक्तीको रुपमा उनलाई चिन्ने गरिन्छ । उनी यती मात्र नृत्य गर्न, निर्देशन गर्न खप्पिस मात्र नभई नयाँ नयाँ जोक्स हालेर हसाउन पनि खप्पिस छन् । शंकर बिसीको जोक्स सुनेपछि सबै जना मुर्छा परेर हास्ने गर्छन् ।
शंकर बिसी सँग म्युजिक भिडियोमा संगै खेल्न पाए हुन्थ्यो भन्ने धेरै युवतीहरुले चाहना गर्ने गर्छन् । ती युवतीहरुको चाहनालाई शंकर बिसीले पुर्ती गर्दै आईरहेका छन् । आगामी दिनमा पनी नयाँ प्रतिभालाई अवसर दिने कुरा उनी बताउछन् । लोकप्रिय मोडल तथा म्युजिक निर्देशक एबं सदाबहार लोक नायक शंकर बिसीलाई हार्दिक बधाई एबं आगामी सांगीतिक यात्राको अझै उन्नती प्रगतीको लागी हाम्रो तर्फबाट शुभकामना ।