राष्ट्रिय संगीतकर्मी संघको आयोजनामा “तीज विशेष साँस्कृतिक तथा दर खाने कार्यक्रम सम्पन्न

काठमाडौं,

हरितालिका तीजको पावन अवसरमा राष्ट्रिय संगीतकर्मी संघ केन्द्रिय कार्यसमितिको आयोजनामा “तीज विशेष साँस्कृतिक तथा दर खाने कार्यक्रम – २०७९” सम्पन्न भएको छ । यस कार्यक्रममा केन्द्रिय अध्यक्ष बिक्रम जंग शाहको अध्यक्षता रहेको थियो भने महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री माननीय उमा रेग्मीको प्रमुख आतिथ्यता रहेको थियो ।

सो कार्यक्रमको संयोजक उमा श्रेष्ठ रहेकी थिइन् भने केन्द्रिय महासचिव अमृत खातिले कार्यक्रम सञ्चालन गरेका थिए । कार्यक्रममा सांसद माननीय लक्ष्मी परियार, राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल कि कार्यबाहक अध्यक्ष रिता थापा मगर, प्रकाश कटुवाल, सरोज लामिछाने, प्रतिमा अर्याल लगायत थुप्रै कलाकार, समाजसेवी र पत्रकारहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा चर्चित कलाकारहरुको प्रस्तुती राखिएको थियो । उक्त कार्यक्रममा गीत संगीतको लागि नेपाल सरकारबाट सक्दो सहयोग गरि कलाकारहरुको हकहितको लागि काम गरिदिन केन्द्रिय अध्यक्ष बिक्रम जंग शाहले अनुरोध गरेका थिए ।

प्रकाशित मिति : २०७९ भाद्र ११ गते शनिवार
प्रतिक्रिया दिनुहोस