नारीहरुको यथार्थ चित्रन तीज गीत “पिरै पिर” बजारमा

काठमाडौं,हिन्दु नेपालि महिलाहरुको महान चाड हरितालिका तीज नजिकिदै गर्दा अहिलेसम्म पनि गीत बजारमा आउने क्रम जारी नै छन पछिल्लो समयमा फेरी नारीको बेदनालाई अगाडि सारेर पिरै पिर गीत बजारमा आएको छ।

राजु परियार,कृष्णा परियार,कुशल बिश्वकर्मा,सरिता सुनार,गणेश बाबु बिक र सपना सुनारको स्वर रहेको गीतमा सब्द सुबास गदाल र संगीत झलक संगीतमको रहेको छ।

नारीको बेदना अहिले सम्म हराएको छैन देश परिबर्तन भए पनि रक्सि खाएर स्वास्नी कुटने चलन अझै समाजमा हराएको छैन भन्ने सन्देस यो गीतले दिन खोजेको छ ।

सुबास गदालको निर्देसन बिरेन्द्र परियारकोक्यामेरा बाट तयार भएको भिडियोलाई सम्पादन कलर भने अनिल बिष्ट प्युठनिले गरेका हुन्।

अनिल बिष्ट प्युठानि,निरुता खडका,खेम भुजेल,गोमा न्यौपाने,प्रकाश रोका,लक्ष्मी थापा,ज्ञनु सिंह र सिता छिनालको अभिनय रहेको छ।

अलाप स्टुडियोमा रेकडिङ्ग भएको गीत जल राप्ति डिजिटलको अफिसियल युटुब च्यानल वाट बजारमा आएको छ।

हेर्नुहोस पुरा भिडियो

प्रकाशित मिति : २०७९ साउन ३१ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस