काठमान्डौ,तीज पर्व भन्नासाथ हामी चेली माइती भेटघाट गर्ने, रमाइलो गर्ने, दर खाने अवसरको रूपमा बुझ्छौं । यस अवसरमा चेलीहरू माइत आउँछन् । दुग्धजन्य परिकार सेवन गर्छन् । उपवास बस्छन् । रातो, हरियो, पहेंलो रंगको पहिरनमा सजिन्छन् । चुरा, पोते लगाउँछन् । नाचगान गर्छन् । गीतको माध्यमबाट मनको वह पोख्छन् । अहिले तीजको स्वरूप पनि फेरिदै गएको छ ।
पछिल्लो समयमा तीजको लागि भनेर धेरै गीत हरु बजारमा आउने गरेका छन् यहि क्रममा गोपाल नेपाल जी एम र शान्ति श्री परियारको स्वरमा मलाइ पल्काउने साली छ बोलको गीत बजारमा आएको छ।
साली भेना बिचको ठ्ट्यौली शब्दहरु समाबेस गरेको यस गीत लाई गायक गोपाल नेपाल जी एमले शब्द संगित गर्नु भएको हो भने अभिनयमा गोपाल नेपाल जिएम,अन्जली चन्द ठकुरी र रन्जु वलिले गर्नु भएको छ ।
युवराज गुरुङले निर्देशन गर्नु भएको भिडियोलाई भुपेन्द्र थापा मगरले छायांकन गर्नु भएको हो । भने आर डि दुलालले ड्रोन अप्रेट गर्नु भएको हो राजकुमार मगरको सम्पादनमा बनेको गीत गोपाल नेपाल जिएमको अफिसियल च्यानल बाट सार्बजनिक गरिएको छ ।
हेरौ भिडियो।