काठमाडौँ.पछिल्लो समयमा गीत संगितहरु बजारमा आउने क्रम जारी छ । गीत संगीत दु ख सुखको संगम हो गीतले भन्न खोजेको कुरा नबुझेतापनि संगीतको धुनले मान्छेलाई रुवाउन र हसाउन सक्छ ।
महिलाहरुको महान चाड हरितालिका तिज नजिकिदै गर्दा तिजका गीतहरु बजारमा आउने क्रम जारी छ सोही क्रममा तिलक वलीको खायो खायो कप्लक्कै खायो बोलको तिज गित बजारमा आएको छ ।
सांगितिक क्षेत्रमा छुट्टै नाम हो तिलक वली हङकङको साडीले नेपालको धुलो उडायो बाट चर्चा कमाउन सफल तिलकले धेरै गितहरुमा स्वर दिईसकेका छन् ।
आज अर्थात असार २६ गत्ते उनको जन्मदिन समेत रहेको छ यही जन्मदिनको अबसर पारी तिलकले खायो खायो कप्लक्कै खायो बोलको गित आफ्नै अफिसियल युटुब च्यानल तिलक वलीबाट सार्बजनिक गरेका छन् ।
यस गीतमा तिलक वली र पुर्णकला बि सीको स्वर साथै तिलक वलीकै शब्द संगीत रहेको छ।
तिलक शाहीको निर्देशन रहेको भिडियोमा प्रकाश खड्काको छायांकन रहेको छ भने राज कुमार मगरले सम्पादन गरेका छन् ।
यस गितलाई पुर्ण संयोगले एरेन्ज गरेका हुन् ।
भिडियोमा मुख्यतया करिश्मा ढकाल,रुबिना अधिकारी,एम टि महर र चिरञ्जिबी डांगीको को दमदार डान्स देख्न सकिन्छ ।
पुरा भिडियो हेर्न तलको लिंकमा किलिक गर्नुहोला।