काठमान्डौं,पछिल्लो समयमा धेरै भन्दा धेरै गित संगीतहरु बजारमा आउने गरेका छन् त्यस्तै क्रममा स्मृती तामाङ्को पहिलो लोक दोहोरी गीत “बिग्रियो जिबन मायाको चुट्कामा दिन कटाकोछु रक्सीको भोड्कामा” दिक्क लाउछ यार बजारमा आएको छ ।
यस गीतमा माया प्रेममा हुने मिलन बिछोडको भाब प्रस्तुत गरिएको छ ।
अर्जुन सापकोटा र स्मृती तामाङ्को स्वर मन्जित पहाडीको शब्द संगीत रहेको यस गीत पानस फिलिम्स युटुब च्यानल मार्फत बजारमा आएको छ।
निशान बानियाको निर्देशन रहेको भिडियोमा सुरेश श्रेष्ठको छायांकन रहेको छ भने नबिन घर्ती मगरले सम्पादन गरेका छन् ।
भिडियोमा मुख्यतया अर्जुन सापकोटा र रबिना भण्डारीको दमदार अभिनय देख्न सकिन्छ ।
पुरा भिडियो हेर्न तलको लिंकमा किलिक गर्नुहोला।
प्रकाशित मिति : २०७९ जेष्ठ १५ गते आइतवार