जेबी ओलीले प्रवासमा कमाएको पैसा यसरी उडाए पात सरी एउटै गीतमा

पछिल्लो समयमा सांगीतिक क्षेत्रमा एक पछि अर्काे गर्दै नयाँ नयाँ गीतहरु बजारमा आउने क्रम जारी नै छ । कतिपय ब्यक्तिहरु त प्रवासमा न निन्द्रा, न भोक गर्दै परिश्रम गरिहेका हुन्छन् । आखिर त्यही पैसा कमाउन यती दुख र सास्ती भोग्नु परेको छ । तर महिनौ देखी मिहेनत गरेको पैसा एउटै गीतमा खर्च गर्न पनी नेपालीहरु पछि पर्दैनन् ।

पछिल्लो समय नेपाली गीत संगीतमा खर्च गरे अनुसार प्रतिफल पाउन पनी गाह्रो छ । कतिपयले चाहे भन्दा बढी मुनाफा कमाउलान् तर धेरै जसो कलाकारहरुको लगानी बालुवामा पानी खनाए जस्तै पनि भएको छ ।

प्रवासमा रहेका चर्चित गायक तथा सर्जक जेबी ओलीको नयाँ गीत मुना मदन सार्वजनिक भएको छ । यस गीतमा जेबी ओली र रचना रिमालको स्वर रहेको छ भने जेबी ओली कै शब्द, संगीत रहेको छ ।

पछिल्लो समयका चर्चित युवा निर्देशक मौसम हिमालीको निर्देशन रहेको गीतमा नवराज उप्रेतीको छायांकन, मनोज कार्कीको सम्पादन रहेको छ । उक्त गीतको भिडियोमा चर्चित कलाकारहरु लोमश शर्मा र जुना सुन्दासको अभिनय रहेको छ ।

यस गीतलाई जेबी ओलीको आफ्नै युटुब च्यानलबाट सार्वजनिक गरिएको हो । सोही गीतको भिडियो हेर्न तलको लिंक क्लिक गर्नुहोला ।

प्रकाशित मिति : २०७८ चैत्र ३० गते बुधवार
प्रतिक्रिया दिनुहोस