टुबोर्ग छैठौं राष्ट्रिय रनिङ शिल्ड प्रतियोगितामा कडा प्रतिस्पर्धा

काठमाडौं,“टुबोर्ग छैठौं राष्ट्रिय रनिङ शिल्ड खुल्ला दोहोरी गीत प्रतियोगिता – २०७८” को पहिलो दिन (चैत्र १६ गते) औपचारिक कार्यक्रम सहित समुद्घाटन भएको थियो भने कार्यक्रमको दोस्रो दिन (चैत्र १७ गते) का दिन देखि मात्र प्रतियोगिताको सुरु भएको हो ।

“टुबोर्ग छैठौं राष्ट्रिय रनिङ शिल्ड खुल्ला दोहोरी गीत प्रतियोगिता – २०७८” मा जम्मा ६१ समुहले भाग लिएका छन् । प्रतियोगितामा निर्णायक संयोजक चन्द्र शर्मा, सह संयोजक बद्री पंगेनी रहेका छन् भने अन्य अग्रज कलाकारहरु निर्णायकको भुमिकामा रहेका छन् ।

प्रतियोगिताको दोस्रो दिन केन्द्रिय अध्यक्ष रमेश बिजिको अध्यक्षता रहेको थियो भने संस्कृति मन्त्रालयका सह – सचिब डा. टुकराज काफ्लेको प्रमुख आतिथ्यता रहेको थियो । दोस्रो दिनको कार्यक्रमको सञ्चालन पुर्ब केन्द्रिय अध्यक्ष प्रजापती पराजुलीले गरेका थिए । “टुबोर्ग छैठौं राष्ट्रिय रनिङ शिल्ड खुल्ला दोहोरी गीत प्रतियोगिता – २०७८” को दोस्रो दिन युनिभर्सल टिभी, नेपाली रडियो नेटवर्क मार्फत देशभरका एफएम स्टेशनहरु र विभिन्न अनलाईन बाट प्रत्यक्ष प्रसारण गरिएको थियो ।

कार्यक्रमको दोस्रो दिन बिच बिचमा आजिवन सदस्यता लिने र सहयोग गर्ने सहयोगीदाताहरुलाई सम्मान पनि गरिएको थियो । दोस्रो दिन दोहोरी गीत प्रतियोगिता संगै चर्चित कलाकारहरुको प्रस्तुति समेत राखिएको थियो । प्रतियोगिता कै दोस्रो दिन दृस्टिबिहिन कलाकारहरुको हकहितको लागि राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको दृस्टिबिहिन शाखाको स्वीकृती दिदै प्रमाणपत्र पनि बितरण गरिएको थियो ।

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड – १९ का कारण २ वर्ष अवरुद्ध भएर हाल: अवस्था सामान्य भएपश्चात यस प्रतियोगितालाई पुनः निरन्तरता दिन लागिएको हो ।

सो प्रतियोगितामा प्रथम स्थान हासिल गर्नेलाई नगद रु.२ लाख २५ हजार, प्रमाणपत्र, मेडल र शिल्ड र प्रमाणपत्र, दोस्रो स्थान हासिल गर्नेलाई नगद रु.१ लाख ५० हजार, प्रमाणपत्र, मेडल, तेश्रो स्थान हासिल गर्नेलाई नगद रु. १ लाख नगद, प्रमाणपत्र, मेडल र सान्त्वना स्थान हासिल गर्नेलाई नगद रु ५० हजार, प्रमाणपत्र, मेडल र उत्कृष्ट २ पुरुष, २ महिला साथै उत्कृष्ट भेषभूषा र अनुशासित टीमलाई रु. १० हजार नगद, मेडल र प्रमाणपत्र तोकिएको छ ।

उक्त प्रतियोगिताको दोस्रो दिन ६१ वटा समुह मध्य ११ वटा समुह बिच प्रतिस्पर्धा गराईएको थियो । अन्य बाँकी प्रतियोगी समुहलाई तेस्रो दिन (१८ गते) प्रतिस्पर्धा गराउने कुरा निर्णायक मण्डलले जानकारी गराएको छ ।

यस प्रतियोगितामा मौलिकतालाई बिशेष जोड दिइने र दोहोरीलाई फोहोरी बनाए भन्ने कुरालाई मध्यनजर गर्दै आगामी दिनमा यस्ता बिकृती आउन नदिन बिशेष भुमिका खेल्ने कुरामा केन्द्रिय अध्यक्ष रमेश बिजिले प्रतिबद्धता ब्यक्त गरेका थिए ।

प्रकाशित मिति : २०७८ चैत्र १७ गते बिहिवार
प्रतिक्रिया दिनुहोस