शिशिर मोथेका शब्दमा ‘के नाम दिउँ’ सार्वजनिक

काठमाडौं । गायिका सुबानी मोक्तानको आवाजमा रहेको ‘के नाम दिउँ’ गीतको भिडियो सार्वजनिक भएको छ । उक्त गीतको भिडियो एसआर क्रियशन युट्युब च्यानलमार्फत सार्वजनिक भएको हो ।

गीतको कम्पोज र शब्द गायक शिशिर मोथेको रहेको छ भने संगीत ऋषिराज दाहालको रहेको छ ।

गीतको भिडियोलाई राम तन्दुकार,सञ्जय महर्जन,रवी शाहले बनाएका हुन् भने भिडियो सम्पादन विक्की इन्टटेन्टमेनले गरेको छ । भिडियोमा गायिका सुबानीले नै अभिनय गरेकी छन् ।

गीतले दुई माया गर्ने जोडीको नाम र अर्थ खोजिरहेको भाव समेटेको छ ।

प्रकाशित मिति : २०७८ चैत्र १३ गते आइतवार
प्रतिक्रिया दिनुहोस