“सातौं राष्ट्रिय लोक दोहोरी अवार्ड – २०७८” सम्पन्न, – क कस्ले पाए त अवार्ड ?

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, उपत्यका समन्वय समिती, काठमाडौंको आयोजनामा “सातौं राष्ट्रिय लोक दोहोरी अवार्ड – २०७८” भब्य रुपमा सम्पन्न भएको छ । यस अवार्ड कार्यक्रम सोही संस्थाका अध्यक्ष सुजन लम्सालको सभापतित्वमा भएको थियो भने सम्माननिय उपराष्ट्रपती  नन्द बहादुर पुन (पासाङ) को प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा संस्थापक अमर बिरही गुरुङ, पुर्व अध्यक्षहरु पुरुषोत्तम न्यौपाने, दुर्गा रायमाझी, चन्द्र शर्मा, निवर्तमान अध्यक्ष बद्री पंगेनी, वर्तमान केन्द्रिय अध्यक्ष रमेश बिजी, समाजसेबी तथा सल्लाहकार पृथ्बी थकाली, लगायत थुप्रै चर्चित कलाकार र पत्रकारहरुको उपस्थिती रहेको थियो । कोरोनाको महामारीको कारणले गर्दा रोकिएको “सातौं राष्ट्रिय लोक दोहोरी अवार्ड – २०७८” ले फागुन २८ गतेका दिन पुर्णता पाएको छ ।

हाम्रो अभियान अग्रजलाई सम्मान, नव प्रतिभालाई प्रोत्साहन भन्ने मुल नारा सहित “सातौं राष्ट्रिय लोक दोहोरी अवार्ड – २०७८” लोक दोहोरी कलाकारहरुको एक मात्र अवार्ड कार्यक्रम हो । कार्यक्रममा सोही संस्थाका सचिव रामु खड्काले सञ्चालन गरेका थिए भने अनौपचारिक तथा अवार्ड कार्यक्रमलाई प्रिती आले, पिएन सापकोटा, प्रकाश सपुतले सहजीकरण गर्दै सञ्चालन गरेका थिए ।

अवार्ड कार्यक्रम राष्ट्रिय नाच घर जमल, काठमाडौंको हलमा भब्य रुपमा सम्पन्न भएको छ । यस कार्यक्रममा बिभिन्न ख्याती प्राप्त कलाकारहरुको गायन प्रस्तुती र नृत्य प्रस्तुती रहेको थियो । बिभिन्न ख्याती प्राप्त कलाकारहरुको गायन प्रस्तुती र नृत्य प्रस्तुतीले कार्यक्रमलाई थप रौनकता बढाएको थियो ।

“सातौं राष्ट्रिय लोक दोहोरी अवार्ड – २०७८” लाई सभ्य र भब्य रुपमा सफल पार्न सहयोग गर्नै सहयोगीदाता, स्वयबंसेवक, पत्रकार, कलाकार लगायत अन्य शुभचिन्तकहरु प्रती आभार प्रकट गर्दै कार्यक्रमको सुरुवातमा नर्भस जस्तै भएको र कार्यक्रम सुरु भैसकेपछि दर्शकहरुको चाप, कलाकार र पत्रकारहरुको उपस्थितीले खुसीको कुरा अध्यक्ष सुजन लम्सालले सुनाए । साथै अवार्ड कार्यक्रम सफल भएकोमा खुसी ब्यक्त गर्दै कोरोनाको महामारीको कारणले केही समय अवार्ड कार्यक्रम रोकिएकोमा क्षमा याचना पनि गरे । “सातौं राष्ट्रिय लोक दोहोरी अवार्ड – २०७८” मा बिभिन्न बिशिष्ट ब्यक्तिहरुको हातबाट अवार्ड बितरण गरिएको थियो ।

नेपाली सांगीतिक क्षेत्रमा पत्रकारिताको माध्यमबाट अतुलनिय योग्दान पुर्‍याएको भन्दै “सातौं राष्ट्रिय लोक दोहोरी अवार्ड – २०७८” का अवसरमा रेडियो मिरमिरेका सञ्चारकर्मी राजु बोहरालाई रेडियो पत्रकारिता सम्मान, आर्टिष्ट खवरका सञ्चालक गोपीकृष्ण चापागाईलाई अनलाईन पत्रकारिता सम्मान, सौर्य दैनिकका पत्रकार केशव भट्टलाई छापा पत्रकारिता सम्मान, लालिगुरास डटकमका सञ्चालक कमल सरगमलाई रंग पत्रकारिता सम्मान र यस कार्यक्रमलाई भब्य रुपमा सफल पार्न मिडिया संयोजकको भुमिका निभाएको भन्दै दर्जनौ कार्यक्रमहरुमा मिडिया संयोजन गरेका पत्रकार प्रकाश बराईली “अभिब्यक्ति” लाई सम्मान गरिएको थियो । “सातौं राष्ट्रिय लोक दोहोरी अवार्ड – २०७८” पाउन सफल ब्यक्तिहरुको नामावली यस प्रकार रहेको छ ।

१, लाईफटाईम अचिप्मेन्ट अवार्ड
बरिष्ठ गायक बम बहादुर कार्की

२, दशकका स्रष्टा सम्मान
गायक रामजी खाण

३, सदाबहार लोक गीत (कलकत्ते काईयो) सम्मान
स्व. जयनन्द लामा (धर्म पत्नी गोपी लामा)

४, लोक कला पत्रकारीता सम्मान
पत्रकार नरेश फुयाल

५, संस्थागत स्रष्टा समान

उपत्यका समन्वय समितीका जन्मदाता दुर्गा रायमाझी

६, सर्बाेत्कृष्ट राष्ट्रिय भावको गीत
मनोज सिंह धामी

७, सर्बाेत्कृष्ट दोहोरी साँझ बाध्यबादक
रत्न बिक

८, सर्बाेत्कृष्ट लोक दोहोरी रेकर्डिष्ट
सुमन राना

९, सर्बाेत्कृष्ट लोक दोहोरी ध्वनी मिश्रण
कुमार सानु पुन

१०, सर्बाेत्कृष्ट लोक दोहोरी संगीत संयोजक
डोलराज बाह्रघरे

११, सर्बाेत्कृष्ट लोक दोहोरी म्युजिक भिडियो सम्पादन
नबिन घर्ती मगर

१२, सर्बाेत्कृष्ट लोक दोहोरी म्युजिक भिडियो छायांकन
दुर्गा पौडेल

१३, सर्बाेत्कृष्ट दोहोरी साझ गायक
सादुराम रोका

१४, सर्बाेत्कृष्ट दोहोरी साझ गायिका
शर्मिला कंडेल

१५, सर्बाेत्कृष्ट लोक दोहोरी प्रतियोगी गायक
प्रकाश पराजुली

१६, सर्बाेत्कृष्ट लोक दोहोरी प्रतियोगी गायिका
मिना बुढाथोकी

१७, सर्बाेत्कृष्ट परम्परागत गीत
तेजिन्द्र गुरुङ

१८, सर्बाेत्कृष्ट लोक गीत
शंकर पन्त

१९, सर्बाेत्कृष्ट लोक दोहोरी गीत
प्रकाश सपुत

२०, सर्बाेत्कृष्ट म्युजिक भिडियो निर्देशन अभिनय
बिनोद भण्डारी

२१, सर्बाेत्कृष्ट लोक दोहोरी म्युजिक भिडियो नृत्य निर्देशक
स्मृती तिमिल्सिना गुरुआमा

२२, सर्बाेत्कृष्ट लोक दोहोरी शब्द
बिजय चन्द दर्पण

२३, सर्बाेत्कृष्ट लोक दोहोरी लय
गोबिन्द पंगेनी

२४, सर्बाेत्कृष्ट लोक दोहोरी नायक नृत्य
सागर लम्साल (बले)

२५, सर्बाेत्कृष्ट लोक दोहोरी नायिका नृत्य
रिना थापा मगर

२६, सर्बाेत्कृष्ट जुरी अवार्ड महिला तर्फ
सम्झना भण्डारी

२७, सर्बाेत्कृष्ट जुरी अवार्ड पुरुष तर्फ
युवराज मगर

२८, सर्बाेत्कृष्ट एस.एम.एस च्वाईस अवार्ड
सुरेन्द्र लामिछाने

२९, सर्बाेत्कृष्ट क्रियटिभ अवार्ड
काजिश श्रेष्ठ

३०, सर्बाेत्कृष्ट मल्टी ट्यालेन्ट अवार्ड
खेम सेञ्चुरी

३१, सर्बाेत्कृष्ट लोक दोहोरी नायक अभिनय
शिशिर पौडेल

३२, सर्बाेत्कृष्ट लोक दोहोरी नायिका अभिनय
साया भण्डारी

३३, सर्बाेत्कृष्ट लोक दोहोरी नव गायक
प्रकाश दुतराज

३४, सर्बाेत्कृष्ट लोक दोहोरी नव गायिका
सुमन थापा मगर

३५, सर्बाेत्कृष्ट लोक दोहोरी गायक
कुशल बेल्बासे

३६, सर्बाेत्कृष्ट लोक दोहोरी गायिका
शान्ति श्री परियार

प्रकाशित मिति : २०७८ फाल्गुन २९ गते आइतवार
प्रतिक्रिया दिनुहोस