आशा भुसाल हिन्दी र भोजपुरी गीतको सुटिङ्गमा ब्यस्त

सिन्धुलीमा जन्मिएर आफ्नो कलाकारिता यात्रालाई अगाडी बढाईरहेकी कलाकार आशा भुसालको यतिबेला चर्चा चुलिदै छ । आशा भुसालले दर्जनौं म्युजिक भिडियो र सुनपानी, समर्पण लगायत थुप्रै चलचित्रहरुमा अभिनय गरिसकेकी छिन् ।

कलाकार भुसालले टेलिसिरियल भद्रगोलमा पनि अभिनय गर्दै आईरहेकी छिन् । उनै प्रतिभाशाली कलाकार आशा भुसाललाई हिन्दी गीत र भोजपुरी गीतमा पनि अवसर आउन थालेका छन् । हाल: उनी भारतमा हिन्दी गीत र भोजपुरी गीतको अभिनयमा ब्यस्त छिन् ।

लकडाउनले गर्दा सुटिङ्गको कार्य रोकिएको र अहिले सुटिङ्गको कार्य धमाधम भैरहेको कुरा भुसालले बताईन् । साथै अहिले भारतको लखनउमा हिन्दी गीत, भोजपुरी गीतको सुटिङ्ग भैरहेको र सुटिङ्ग सकिएपछि आफ्नै कर्म थलो काठमाडौं फर्कने उनले जानकारी दिईन् । आसा भुसालको कलाकारिता यात्रा अझै अगाडी बढोस् भन्दै हाम्रो तर्फबाट हार्दिक बधाई एबम सफलताको लागि शुभकामना ब्यक्त गर्दछौं ।

प्रकाशित मिति : २०७८ फाल्गुन २३ गते सोमवार
प्रतिक्रिया दिनुहोस