
काठमाडौं । संगीतकार सुनिल धितालले विदेशमा बस्ने नेपाली श्रमिकहरु लाई समेटेर नयाँ चलचित्र निर्माण गर्ने भएका छन् । अंग्रेजी नयाँ बर्ष २०२२ को सुरुवासंगै धितालले ‘नेपाली श्रमिक’ नामक चलचित्रको काम थालनी गरेका हुन ।
हाल उनी सोहि चलचित्रको लेखन कार्यमा ब्यस्त छन् । उक्त चलचित्र अरु भन्दा धेरै फरक रहेको र चलचित्रको कथा धेरै मेहनत गरेर निर्माण गर्न लागेको धितालको दावी छ ।
११ करोड लागतमा निर्माण गर्न लागेको चलचित्र दुबै ,कतार, बहराईन ,सउदि, कुबेत ,जापान कोरिया अमेरिका र क्याणडामा छायांकन हुने उनले बताए ।
चलचित्रमा समावेस गरिने गितको अन्तिम तयारि भएको र गितको सब्द संगीत र स्वर धितालकै रहने धितालले जलजला टीभीलाई बताए ।
उनका अनुसार चलचित्रमा नब नायिका रोसि र प्रिया अधिकारीले अभिनय गर्ने भएका छन् भने केटाको फिक्स भएको छैन् ।
प्रकाशित मिति : २०७८ माघ १३ गते बिहिवार