“सातौं राष्ट्रिय लोक दोहोरी अवार्ड – २०७८” को आवेदन फर्म खुल्ला

“अग्रजलाई सम्मान नयाँलाई प्रोत्साहन” भन्ने मुल नारा सहित राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, उपत्यका समन्वय समितीको आयोजनामा हुने “सातौ राष्ट्रिय लोक दोहोरी अवार्ड – २०७८” को आवेदन फर्म खुल्ला गरिएको छ । बिश्वब्यापी महामारीको रुपमा रहेको कोरोनाका कारण लकडाउन भएपछि अवार्ड कार्यक्रम स्थगीत भएको र अवार्ड कार्यक्रमलाई पुनः सुचारु गरी निरन्तरता दिन खोजेको कुरा अध्यक्ष सुजन लम्सालले बताएका छन् ।

“सातौ राष्ट्रिय लोक दोहोरी अवार्ड – २०७८” को आवेदन फर्म काठमाडौंमा रहेका बिभिन्न रेकडिङ स्टुडियोहरुमा पाईने छ । अवार्डका लागी बिभिन्न २५ वटा बिधाहरुमा फर्म भर्न पाईने छ । फर्म यही पुस २० गते सम्मका लागी खुल्ला गरिएको छ ।

“सातौ राष्ट्रिय लोक दोहोरी अवार्ड – २०७८” लाई सफल बनाउन साथ सपोर्ट गर्न अध्यक्ष सुजन लम्सालले अनुरोध गरेका छन् । यस अवार्ड फागुन ६ गते सम्पन्न हुने कुरा आयोजक पक्षले जानकारी गराएको छ । अवार्डमा २०७६ बैसाख १ गते देखी २०७७ चैत्र मसान्त (दुई बर्ष) सम्मको गीतहरु समाबेश गरिने कुरा अध्यक्ष लम्सालले जानकारी गराए ।

फर्म काठमाडौका बिभिन्न रेकडिङ स्टुडियो र उपत्यका समन्वय समितीको कार्यालय लाजिम्पाट, काठमाडैंमा पाईन्छ भने पोखराका लागी स्टार डिजिटल पोखरा (तारानाथ आचार्य) को मा उपलब्ध छ । यसबारे थप जानकारी लिन परेमा ९८६३३९४१८३, ९८५११६८३८१ मा सम्पर्क गर्न सकिने छ ।

प्रकाशित मिति : २०७८ मङ्सिर १८ गते शनिवार
प्रतिक्रिया दिनुहोस