चर्चित कलाकार पुरु शिग्देलको नयाँ सांगीतिक कोसेली “ताला चाबीको” सार्वजनिक भएको छ । यस गीतमा एञ्जिला रेग्मी र प्रताप दासको स्वर रहेको छ ।
सो गीतमा चर्चित सर्जक भिम कुसारीको शब्द / संगीत रहेको छ । सोहन ताम्राकारको निर्देशन तथा कोरियोग्राफी रहेको गीतमा ज्ञानेन्द्र शाहीको छायांकन, प्रमोद श्रेष्ठको ड्रोन, दिनसन शाहको सम्पादन रहेको छ ।
उक्त गीतको भिडियोमा चर्चित कलाकारहरु पुरु शिग्देल र समारिका ढकालको अभिनय हेर्न पाईन्छ । यस गीतलाई पुरु शिग्देल युटुब च्यानलबाट सार्वजनिक गरिएको हो ।
“ताला चाबीको” गीतले छोटो समयमा चर्चा कामाउने अनुमान गरिएको छ । सोही गीतको भिडियो हेर्नका लागि तलको लिन्क क्लिक गर्नुहोस् ।
प्रकाशित मिति : २०७८ मङ्सिर ६ गते सोमवार