दशै तिहार नजिकिदै गर्दा दशैं तिहार बिशेष गीत आउने क्रम जारी छ ।
सोही क्रममा अर्काे दशैं तिहार बिशेष गीत “प्रदेशीको दशै तिहार” सार्वजनिक भएको छ ।
यस गीतमा शान्ती श्री परियार र सञ्जय डिम्पलको स्वर रहेको छ भने सञ्जय डिम्पलको शब्द, संगीत रहेको छ । चर्चित कलाकार तथा निर्देशक शिवन पोखरेलको निर्देशन रहेको गीतमा हरिश महराको छायांकन, हिम्मत चैशिरको सम्पादन रहेको छ ।
उक्त गीतको भिडियोमा शोभा त्रिपाठी, सञ्जय डिम्पल, झरना रिसाल, नबराज तिवारीको अभिनय रहेको छ ।
यस गीतलाई बाराही लाईभ दोहोरी युटुब च्यानलबाट सार्वजनिक गरिएको हो ।
Video Link :
प्रकाशित मिति : २०७८ असोज १९ गते मङ्गलवार