मौलिक तीज गीत भाग केटी भाग बजारमा भिडियो सहित

मौलिक तीज “गीत भाग केटी भाग” बजारमा आएको छ। वर पिपल फिल्म्सको आफ्नै युट्युब च्यानलबाट यो गीत बजारमा आएको हो।

सुभाष गदाल र सुनिता लम्सालको स्वर रहेको गीतमा लय शब्द सुवास गदालको नै रहेको छ। पूर्ण संयोगको एरेन्ज रहेको गीतलाई स्टुडियो मालाश्रीमा रेकर्ड गरिएको हो। भने राजेन्द्र बाजुरालीको रेकर्डिङ र खडक बाजुरालीको मिक्सिङ रहेको छ ।

सुभाष गदालको निर्देशन मुकेश नेपालीको कोरियोग्राफी विशाल परियारको छयाङ्कन रहेको भिडियोमा आरबी सेन्चुरीले सम्पादन गरेका हुन्। भने अनिल बिष्ट प्युठानको कलरिङ रहेको छ। यसमा आरबी सेन्चुरीको मेकअप रहेको छ।

भिडियोमा एलिना राई माझी र सुरेश कोहीलीको दमदार अभिनय रहेको छ ।

हेर्नुहोस् भिडियो ।

प्रकाशित मिति : २०८२ साउन ९ गते बिहिवार
प्रतिक्रिया दिनुहोस