पशुपति शर्माको नयाँ गीत “झोर्ले त् तै झोर्ले त् मै” बजारमा भिडियो सहित

अहिले सामाजिक संजालमा निकै चर्चामा आएको पशुपति शर्माको नया गित “झोर्ले त् तै झोर्ले त् मै” बजारमा आएको छ ।

पशुपति शर्माको गीतहरुले पनि नेपाली समाजमा ठुलो महत्व राख्दछ , जीवनशैली सामाजिक विसंगति र आम जनताको भावना झल्काउने पक्षमा सामाजिक मुद्दा राजनितिक भ्रष्टचारी गरिबी र जनताको पिडा माथि केन्द्रित छन् उनका गीतमा नेपाली लोकभाका मौलिक बाजा र लोकशैली उपयोग हुन्छ, जसले परम्परा जगेर्ना गर्न मद्दत पुर्याउछ पशुपति शर्माको गीतहरुमा हासो र रोचकता मिसिएको हुदा जनतालाई मनोरन्जन दिने काम पनि गर्दछ ।

पशुपति शर्माका गीतहरु केवल मनोरन्जनका लागि मात्र नभई सामाजिक सास्कृतिक सचेतना र परिवर्तनका लागि पनि महत्त्वपूर्ण माध्यम बन्न पुगेको छ उहाका गीतहरुले नेपाली समाजको यथार्थ उजागर गर्छन जसले धेरैलाइ सोच्न र बोल्न प्रेरित गर्दछ ।

पशुपति शर्माको स्वर ,शब्द र संगीतमा बनेको गीतलाई कृष्ण केसीले एरेञ्ज गरेका हुन भने वन डीबी स्टुडियोमा रेकडिङ्ग भएको गीतलाई राज खड्काले रेकड र एच बि एन किस्मतले मिक्सिंग गरेका हुन्।, गीतको भिडियो पशुपति शर्माको युटुब च्यानल बाट बजारमा आएको छ ।

जेरी भण्डारीको कथा निर्देसन रहेको भिडियोमा नबराज उप्रेतीको छायांकन र सुजन कोइरालाको सम्पादन रहेको छ भने बिमला तामाङ्गको मेकअप रहेको छ ।

भिडियोमा पशुपति शर्मा र जेरी भण्डारीको दमदार अभिनय रहेको छ ।

हेर्नुहोस भिडियो ।।

प्रकाशित मिति : २०८२ असार ६ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस