
”राष्ट्रको विविधतामा एकता, स्वास्थ्यको नागरिकका लागि खेलकुद आवस्यकता” भन्ने मूल नाराको साथ जलजला युवा क्लव परिबर्तन गाउपालिका – ४ पाछाबाङ रोल्पाले १८ औ बार्षिक उत्सव,परम्परागत राक्सैवाङ मेला तथा सहिद स्मृति खेलकुद, ब्यापार एबम सास्कृतिक महोत्सव -२०८१ मनाउने भएको छ।
मङ्सिर महिनाको ८ गत्ते देखि १५ गत्ते सम्म आफ्नो बार्षिक उत्सव तथा विविध खेलकुद र सास्कृतिक कार्यक्रम गरि मनाउने भएको छ । यस मेलालाइ परम्परागत राक्सैवाङ मेला समेत भन्ने गरेको पाइएको छ कार्यक्रम लगातार ८ दिनसम्म चल्ने जानकारी दिएका छन भने कार्यक्रममा विभिन्न खेलकुद कार्यक्रमहरुको साथै सास्कृतिक कार्यक्रम गरिने छ।
जलजला युवा क्लव पाछाबाङ रोल्पालको १८ औ बार्षिक उत्सव,परम्परागत राक्सैवाङ मेला तथा सहिद स्मृति खेलकुद, ब्यापार एबम सास्कृतिक महोत्सव कार्यक्रम मिति २०८१ मङ्सिर महिनाको ८ गत्ते उत्घाटन हुने छ ।
कार्यक्रम उद्घाटनमा मौलिकता झल्किने खाल्का सास्कृतिक कार्यक्रम हुने छन, भने सास्कृतिक कार्यक्रमलाइ रमाइलो बनाउनको लागि चर्चित गायक बद्रि पंगेनी , चर्चित गायक चन्द्र सर्मा, चर्चित गायिका शान्तिश्री परियार, गायक प्रकाश दुतराज ,चर्चित गायक अर्जुन सापकोटा,चर्चित गायक श्याम राना, चर्चित गायक शक्ति चन्द, गायक खेम सेन्चुरी, चर्चित गायिका ज्वोती मगर, चर्चित गायिका कामना वली, चर्चित गायक गोपाल नेपाल जी .एम, गायिका जालुमाया गुरुङ, चर्चित गायक कृष् क्षेत्री, चर्चित गायिका बिमता घर्ती, गायक सुमन बि.टी., चर्चित गायक एमटी महर, जनबादी गायक अमर रोका (विजय), जनबादी गायक शासिराम बुढा (झंकार), हास्य कलाकार खबपू चन्चल, उत्घोसक तथा गायक शान्तराम सेन्चुरी, गायक रबिन्द्र सुनार, हरि डागी, राजकुमार वली, गायक सागर ओली, उत्घोसक तथा डान्सर हरि थापा, डान्सर चाहाना झाक्री मगर, डान्सर सुस्मिता गिरि, डान्सर पुजा घर्ति मगर साथै स्थानीय कलाकारहरु को प्रस्तुति रहने छ।कार्यक्रमको अबधी भरि कार्यक्रमलाइ परिबर्तन गाउपालिका वडा नं.४ को कार्यालय पाछाबाङले संरक्षक गर्ने श्री जलजला युवा क्लवका अध्यक्ष कमल विवश बुढा मगरले जानकारी दिएका छन ।