रुकुमकी चेली ललिता खड्का लोक दोहोरी क्षेत्रमा सक्रिय

रुकुम – रुकुम जिल्लामा जन्मिएकी लोक गायिका ललिता खड्का पछिल्लो समय लोक दोहोरी क्षेत्रमा सक्रिय र लोकप्रिय हुँदै गइरहेकी छन्। मिठो स्वर र सरल प्रस्तुतीका कारण उनले दर्शक तथा स्रोतामाझ छुट्टै पहिचान बनाएकी छन्।

ललिता खड्काले विशेषगरी लोक दोहोरी गीतमा आफ्नो प्रतिभा देखाउँदै आएकी छन्। उनले विभिन्न कार्यक्रममा लाइभ दोहोरी गाइसकेकी छन् भने नियमित दोहोरी साँझमा पनि प्रस्तुति दिँदै आएकी छन्। उनको गायन शैलीमा गाउँघरको सुगन्ध र मौलिकता झल्किने भएकाले दर्शकहरूबाट सकारात्मक प्रतिक्रिया प्राप्त भइरहेको छ।

उनको आफ्नै आधिकारिक युट्युब च्यानल पनि सञ्चालनमा छ, जहाँ उनले गाएका थुप्रै गीत र लाइभ दोहोरीका भिडियोहरू अपलोड गरिएका छन्। सामाजिक सञ्जालमार्फत पनि उनले आफ्ना प्रस्तुतीहरू सार्वजनिक गर्दै आएकी छन्, जसले उनको लोकप्रियता अझ बढाएको देखिन्छ।

हाल उनी दोहोरी साँझमा काम गर्दै आफ्नो जीविका पार्जन गरिरहेकी छन्। नेपाली कला क्षेत्रमा योगदान गर्ने दृढ इच्छाका साथ ललिता निरन्तर अगाडि बढिरहेकी छन्। मेहनत, लगनशीलता र प्रतिभाका कारण उनी लोक दोहोरी क्षेत्रमा सम्भावना बोकेको प्रतिभाशाली गायिकाका रूपमा स्थापित हुँदै गइरहेकी छन्।

प्रकाशित मिति : २०८२ फाल्गुन ८ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस